डिजिटल माध्यमको समुचित प्रयोग गर्न सभापति देउवाको आग्रह
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको शुभारम्भ गर्दै डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पु¥याउन सक्ने छन् भने।
सभापति देउवाले भने,“डिजिटल माध्यमले हरेक सेवा र सुविधालाई छिटोछरितो र पारदर्शी बनाएको छ, हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पु¥याउन सक्छौँ, आजको युग विज्ञान र प्रविधिको युग हो, हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ, मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन्, डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवालगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन्, हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।”

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस