तामाकोसी जलविद्युत आयोजनाले आज जलासय सफा गर्दै,नदी किनारामा उच्च सर्तकता अपनाउन आग्रह

सुनौलो अनलाइन
३२ साउन २०८२, शनिबार

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन आज आफ्नो जलाशय सफा गर्दै छ । आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वाभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो।

दोलखाको बिगु गाउँपालिका १ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले आज बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख गरिएको छ ।

आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन  सर्वसाधारणमा अनुरोध गरेको छ।

नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।


धेरै पढिएको