एक ढिक्का भएर संगठन निर्माणमा लाग्नुस्ः मुख्यमन्त्री बानियाँ

सुनौलो अनलाइन
१ भदौ २०८२, आइतबार

बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र कुनै गुटउपगुट नभएको बताउँदै गाउँ र टोलमा विकास निर्माणका कार्य गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ ।

कांग्रेस थाहा नगरपालिका र मकवानपुर संघीय क्षेत्र नम्बर २ को क को संयुक्त आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई थाहानगरको पालुङमा आइतबार स्वागत तथा सम्मान गर्ने क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा विकास निर्माण, जनतालाई देखिनेगरी सरकारी सेवामा छिटो तथा सहज पहुँच पु¥याएर विगतमा झैं ८४ सालमा पनि पार्टीलाई पहिलो पार्टी बनाउने बताउनुभयो ।


धेरै पढिएको