कार्यसम्पादन बैठकमा गगन थापाले भने- पार्टी पुनर्गठन कि विशेष महाधिवेशनबाहेक हामीसँग विकल्प छैन

सुनौलो अनलाइन
४ असोज २०८२, शनिबार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठन वा विशेष महाधिवेशनको माग गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन बैठकमा उनले विषम परिस्थितिमा दुई विकल्प अघि सारेका हुन्।

पार्टीको दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तनसहित पुनर्गठन गर्नुपर्ने उनको माग छ। तर, त्यो विधिसम्मत तरिकाले हुनुपर्ने उनको भनाइ छ।

उनले पार्टी घाइते अवस्थामा रहे पनि दायित्व र जिम्मेवारीबाट भाग्न नमिल्ने बताए। उनले युवा पुस्ताको आन्दोलनबाट व्यक्त भावना, खासगरी सुशासन र भ्रष्टाचारमुक्त देश र समाज निर्माण गर्न कांग्रेसले दायित्व बहन गर्नुपर्ने बताए।


धेरै पढिएको