​कांग्रेस महाधिवेशन: दोलखाबाट अधिवक्ता बुढाथोकी (सुवास) को उम्मेदवारी ,को हुन बुढाथोकी ?

सुनौलो अनलाइन
९ असोज २०८३, शुक्रवार

दोलखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा दोलखा जिल्लामा पार्टीको आन्तरिक सांगठनिक गतिविधि ह्वात्तै बढेको छ। अधिवेशन नजिकिएसगै उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

यसै क्रममा कानून, सामाजिक क्षेत्र र स्थानीय विकासमा लामो समयदेखि विशेष छाप छाड्न सफल बौद्धिक व्यक्तित्व अधिवक्ता खड्गबहादुर बुढाथोकी (सुवास) ले दोलखाबाट पेशागत तर्फको महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

कानून तथा नीतिगत विषयमा गहिरो दखल राख्ने र जिल्लाका आम नागरिक तथा कार्यकर्तामाझ अत्यन्तै रुचाइएका बुढाथोकीको उम्मेदवारीसँगै दोलखा कांग्रेसमा ठूलो उत्साह र राजनीतिक तरङ्ग पैदा भएको छ।

वाणिज्य कानूनमा उच्च शिक्षा र समृद्ध कानूनी अनुभव

वाणिज्य कानून (LLM Commercial Law) मा उच्च शिक्षा हासिल गरेका अधिवक्ता बुढाथोकी विगत २५ वर्षदेखि निरन्तर कानून व्यवसायमा सक्रिय छन्।

डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA Nepal) का पूर्व केन्द्रीय सचिव तथा हाल सर्वोच्च अदालत बार एसोसिएसनका सदस्यका रूपमा कार्यरत उनि निष्कलंक र व्यावसायिक क्षमता भएका कानून व्यवसायी मानिन्छन्।

उनले वित्तीय सुधार र कानून निर्माणका क्षेत्रमा, विशेष गरी चेक अनादर (Cheque Bounce) सम्बन्धी मुद्दामा बिगोको ५ प्रतिशत जरिवाना/शुल्क सम्बन्धी कानूनी व्यवस्था मिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दोलखाको जलविद्युत् विकास र वैदेशिक लगानीका मुख्य सूत्रधार
​सार्वजनिक रूपमा केही समय पर्दापछाडि रहेर (साइलेन्ट) नीतिगत र प्राविधिक सहयोगमा क्रियाशील रहेका अधिवक्ता बुढाथोकी दोलखाको समृद्धिका लागि निरन्तर प्रयासरत रहँदै आएका छन्।

दोलखामा जलविद्युत् (हाइड्रोपावर) आयोजनाहरूको सम्भावना उजागर गर्न, कानूनी जटिलता फुकाउन र वैदेशिक लगानी आकर्षित गर्न उनले खेलेको रणनीतिक भूमिकाको जिल्लाभर उच्च प्रशंसा हुने गरेको छ।

​पुस्तान्तरण, नेतृत्व रूपान्तरण र जिल्लाको समग्र विकासको अठोट
​नेपाली कांग्रेसभित्र हाल तीव्र रूपमा उठिरहेको पुस्तान्तरण, वैचारिक स्पष्टता र नेतृत्व परिवर्तनको एजेन्डालाई मुख्य प्राथमिकता दिँदै बुढाथोकी पुनः दोलखाको राजनीति र सामाजिक सेवामा समर्पित भएका छन्।

“आफ्नो कानूनी ज्ञान, नीतिगत अनुभव र राष्ट्रिय-अन्तर्राष्ट्रिय पहुँचलाई दोलखाको समग्र विकास, सुशासन र पार्टीको वैचारिक सुदृढीकरणमा प्रयोग गर्ने” अठोट उनको छ।

​अत्यन्तै शलीन, अध्ययनशील र क्षमतावान् व्यक्तित्वका रूपमा परिचित अधिवक्ता खड्गबहादुर बुढाथोकी (सुवास) लाई दोलखाका आम मतदाता र नेता-कार्यकर्ताले साझा र सर्वप्रिय उम्मेदवारका रूपमा हेरेका छन्।

१५औँ महाधिवेशनमा पेशागत तर्फबाट उनको प्रतिनिधित्वले नेपाली कांग्रेसलाई नीतिगत रूपमा बलियो बनाउनुका साथै दोलखाको समृद्धिको यात्रामा दूरगामी योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।