नेविसंघको राजनीतिबाट उदाएका सफल व्यवसायी महेन्द्र थापा: केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको अवसरमा दोलखाका लोकप्रिय युवा नेता तथा नेपाल स्वास्थ्यकर्मी संघ (HEPON) का राष्ट्रिय कोषाध्यक्ष महेन्द्र थापाले युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा युवाहरू माझ अत्यन्तै लोकप्रिय हुन्।
राजनीतिसँगै स्वास्थ्य क्षेत्र तथा व्यापार-व्यवसायमा समेत एक सफल र प्रतिष्ठित युवा व्यवसायीको रूपमा पहिचान बनाएका थापाले नेपाल स्वास्थ्यकर्मी संघ (HEPON) को राष्ट्रिय कोषाध्यक्षको रूपमा औषधि तथा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
”अग्रजको अनुभव, युवाको जोश” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका थापा नेपाली कांग्रेसलाई अझ सशक्त, ऊर्जावान् र समावेशी बनाउने स्पष्ट सोचका साथ अगाडि बढेका हुन्।
पार्टी र लोकतन्त्रप्रति सधैँ समर्पित रहेका युवा नेता थापाले विभिन्न स्थानबाट पाल्नु भएका क्षेत्रीय प्रतिनिधि ज्यूहरुलाई मत दिएर विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु भन्दै सबैको साथ, समर्थन र मायाको अपेक्षा गरेको बताए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस