युवा नेतृत्वको उदय: वडा सभापतिदेखि पालिका सभापतिसम्म पोखरेलको राजनीतिक यात्रा

सुनौलो अनलाइन
९ असोज २०८३, शुक्रवार

दोलखा । नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाको अधिवेशनबाट युवा नेता सन्तोष पोख्रेल सभापतिमा निर्वाचित भएका छन्।

वडा तहदेखि नै सांगठनिक जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका पोख्रेलको चयनसँगै तामाकोशी कांग्रेसमा नयाँ उत्साह, ऊर्जा र युवा नेतृत्वको नयाँ अध्याय सुरु भएको छ।

नेविसंघदेखि वडा सभापतिसम्मको जग
​नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका पोख्रेल वैचारिक रूपमा परिपक्व र सांगठनिक रूपमा खारिएका युवा नेता मानिन्छन्।

यसअघि तामाकोशी गाउँपालिका वडा नम्बर ४, मालुको वडा सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका उनले ग्रासरुट तहमा पार्टी संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेलेका थिए।

वडा तहको राजनीतिमा देखाएको कार्यकुशलता र सांगठनिक सक्रियताले नै उनलाई पालिकास्तरको नेतृत्वसम्म पुर्याउने दह्रो आधार तयार गरेको हो।

स्थानीय मुद्दामा प्रखर र निर्भीक
​पोख्रेल केवल दलीय राजनीति र चुनावमा मात्र सीमित नभई गाउँपालिकाभित्रका जनसरोकारका मुद्दामा निरन्तर अग्रपंक्तिमा उभिने नेताका रूपमा चिनिन्छन्।

स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका गतिविधिमा देखिने ढिलासुस्ती र अनियमितताविरुद्ध उनले सधैँ निर्भीक भएर आवाज उठाउँदै आएका छन्।

गाउँका आम नागरिकको सुख-दुःख र अप्ठ्यारोमा निरन्तर साथ दिने स्वभावका कारण पनि उनी स्थानीय तहमा निकै लोकप्रिय छन्।

निष्कलंक र विवादरहित छवि
​लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि पोख्रेलको पहिचान एक सबल, निष्कलंक र विवादरहित नेताका रूपमा कायम छ।

पार्टीभित्र सबै पक्षलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमता, भद्र स्वभाव र सादगी जीवनशैलीका कारण उनलाई विपक्षी दलका कार्यकर्ताहरूले पनि आदरका साथ हेर्ने गर्छन्।

उनको यही स्वच्छ छवि र कामप्रतिको निष्ठाका कारण अधिवेशनमा उनले पालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

​महाधिवेशन प्रतिनिधि बनेसँगै थपिएको नयाँ आशा
​नेपाली कांग्रेसको विधान अनुसार गाउँपालिका सभापति स्वतः महाधिवेशन प्रतिनिधि (पदेन) हुने भएकाले पोख्रेल अब केन्द्रीय राजनीतिसँग सोझै जोडिएका छन्।

सानै उमेरमा महाधिवेशन प्रतिनिधिका रूपमा केन्द्रीय तहसम्म पहुँच पुर्याउने अवसर पाएकाले उनको नेतृत्वबाट तामाकोशीमा सांगठनिक सुदृढीकरण, युवा स्वरोजगार, पारदर्शी शासन र समग्र पालिकाको समग्र विकासमा नयाँ गति मिल्ने अपेक्षा स्थानीय कार्यकर्ता र सर्वसाधारणले गरेका छन्।