गौरीशंकर बहुमुखी क्याम्पसमा विद्यार्थीहरूसँग ‘समुदायमा सरकारी वकील’ अन्तरक्रिया सम्पन्न
चरिकोट । जिल्ला सरकारी वकील कार्यालय दोलखाको आयोजनामा चरिकोटस्थित श्री गौरीशंकर बहुमुखी क्याम्पसका विद्यार्थीहरूसँग ‘समुदायमा सरकारी वकील सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय दोलखाकी प्रमुख राधिका सुवाल सापकोटाले विद्यार्थीहरूलाई कानुनी अधिकार, अपराध नियन्त्रण र सरकारी वकीलको भूमिकाबारे कानुनी जानकारी गराउनुभएको थियो।
उहाँले कानुनी साक्षरता बढाउन र समाजमा कानुनको पालना गराउन युवा विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
क्याम्पसका निमित्त प्रमुख बालकृष्ण फुयालले यस्ता अन्तरक्रियात्मक कानुनी कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनुका साथै सचेत नागरिक बन्न मद्दत पुर्याउने बताउनुभयो।
असोज २२ गते आयोजित उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कानुनी प्रक्रिया र आफ्ना जिज्ञासाहरूबारे अन्तरक्रिया गरेका थिए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस