गुप्तेश्वर माविमा शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण सम्पन्न
दोलखा । तामाकोशी गाउँपालिका वडा नं. ४ मालुस्थित गुप्तेश्वर माध्यमिक विद्यालयले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहननाथ योगी ‘जगदीश’ को कुशल नेतृत्वमा गुप्तेश्वर माविलाई शैक्षिक तथा भौतिक रूपमा अझ चलायमान, उत्कृष्ट र व्यवस्थित बनाउने अभियान तीव्र रूपमा अघि बढाइएको छ। कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष यज्ञ श्रेष्ठले गुप्तेश्वर माविको शैक्षिक विकास र रूपान्तरणका लागि वडा कार्यालय निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
सोही कार्यक्रमका बीच तामाकोशी-४ मा जन्म भई हाल अमेरिकालाई कर्मथलो बनाउनुभएका बुद्धिजिवी, समाजसेवी तथा सहयोगी मनका धनी दुई भाइ— पुष्कर रोका र पुष्कर पोखरेलको सौजन्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपालमा रहनुभएका उहाँहरूका बुबा रामबहादुर रोका, बुबा शिवबहादुर पोखरेल र राजन पोखरेलले प्रतिनिधित्व गर्दै विद्यार्थीहरूलाई ब्याग (झोला) तथा स्टेसनरी सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष मोहननाथ योगी ‘जगदीश’ सहित गुप्तेश्वर विद्यालय परिवारले सहयोगी दाजुभाइ पुष्कर रोका र पुष्कर पोखरेलको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उहाँहरूसहित देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा विजया दशमी, दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस