अध्यागमनले भिजिट भिसामा जानेलाई अब नरोक्ने
काठमाडौ । अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ।
नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।
कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ।
‘भिजिट भिसामा अब फिर्ता गर्ने (अफलोड) भन्ने हुँदैन। अब कागजात नक्कली छ भने त्यसलाई सिधै प्रहरी कहाँ पठाउने हो। त्यहाँबाटै छानबिन हुन्छ,’ तिवारीले भने।
आइतबार विभागले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो।
पछिल्लो समय भिजिट भिसामा जानेबाट अध्यागमनका अधिकृतहरूले असुली गर्ने गरेको भन्दै आलोचना भएको थियो।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस