कांग्रेसले क्रम संख्या नभएका क्रियाशील फाराम रद्द गर्ने, नयाँ छापेर पठाउने

सुनौलो अनलाइन
१ पुष २०८२, मंगलबार

नेपाली कांग्रेसले क्रम संख्या नभएका क्रियाशील सदस्यता फारम रद्द गर्ने भएको छ । कांग्रेसको क्रियाशील  सदस्यता व्यवस्थापन समितिले क्रम संख्या नम्बर नराखी जिल्ला जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यतासम्बन्धी फाराम रद्द गर्ने निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको बैठकले फाराम रद्द गरी क्रम संख्या नम्बरसहितका फाराम छापेर जिल्ला पठाउने निर्णय गरेको हो । कांग्रेसले २४ घण्टाभित्र फारामको क्रम संख्या छापेर जिल्लामा पठाउनेछ ।


धेरै पढिएको