पूर्व एआईजीले भने : अपराधिहरुलाई सलाम ठोक्नु गल्ति भयो, राजसंस्था फर्काउन देशैभरी यस्तो तयारी

देशका कुना कन्दरामा यतिबेला राजाको चर्चा चलिरहेको छ । संघीय गणातान्त्रि व्यवस्थाले आम जनताले सोचेअनुरुप नतिजा दिन नसकेपछि गणतन्त्र आएको चौध वर्षमै जनमत उल्टिएको छ । शनिवार नेपाल नागरिक अभियानको वनेपामा आयोजित संगठन विस्तार कार्यक्रममा त्यहाका बासिन्दाहरु हिन्दू राष्ट्र र राजसंस्था फर्काउने  सवालमा उत्साहित मात्र देखिएनन् प्रतिवद्धतासमेत व्यक्त गरे ।


सशस्त्र प्रहरी बलका पूर्व एआईजी तथा नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा. ठाकुर मोहन श्रेष्ठ यतिबेला राष्ट्र संकटमा परेको हुनाले राष्ट्र जोगाउन देशैभरी अभियान चलाईरहेका छन् । शनिवार वनेपा गएर उनले भने, देशका लागि ज्यान दिन तयार छु, अपराधिहरुलाई सलाम ठोकेर ठूलो गल्ति गरे । आज मैले मात्र होईन सारा नेपाली जनताले राजाको महशुस गरिरहेका छन्, राष्ट्र रक्षा गर्नका लागि ढुक्कका साथ पुन फर्किन पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रहसमेत गरे । हामी खुलेर साथ र समर्थन गर्न तयार छौ । हिन्दू राष्ट्र र राजसंस्था फर्काउन अब अझ तीव्र रुपमा लाग्ने घोषणा समेत गरे ।

कार्यक्रमका मुख्य अतिथि वरिष्ठ पत्रकार तथा लेखक प्रेम कैदीले भाषण गर्दा तालीले हल गुञ्जियो । उनले भने,  कांग्रेस र कम्युनिष्ठ देशको सबैभन्दा ठुलो शत्रु हुन्, यीनीहरुलाई मुक्त नगरेसम्म देशले मुक्ति पाउदैन । गणतन्त्रको नाममा यी दलहरुले नेपालको धर्म, संस्कृति र नदिनाला बेचे, यीनीहरु राजनीतिक दल नभई विदेशीले खडा गरेका दलाल संस्थाहरु हुन् । म आफै कम्युनिष्ट हुँ, कम्युनिष्ट विचारमा आस्था राख्छु, म राजावादी होईन । तर नेपालको सामाजिक, धार्मिक, सांकृतिक र भौगोलिक कारणले गर्दा राजसंस्था नभई देशको रक्षा र विकास नहुने निर्णयमा पुगेको छु । त्यसकारण सम्पूर्ण आम नेपाली जनतालाई हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा उभिन आग्रह गर्दछु । साथै उनले नेपालमा कसरी जालझेल र षड्यन्त्रपूर्वक धर्मनिरपेक्ष राज्य बनाई भनेर योजनाको पर्दाफास समेत गरे ।

अभियानका महासचिव डा. हरिहर प्रदीप घिमिरेले भने, यतिबेला देशमा कोहि पनि नेपाली भेटिएनन्, कोहि कांग्रेस, कोहि कम्युनिष्ट त कोहि राजावादी । देशलाई आजको संकटबाट जोगाउन सम्पूर्ण नेपाली जनता राष्ट्रिय झण्डामुनि उभिनु बाहेक अर्को विकल्प नरहेको बताए ।

काभ्रेपलाञ्चोक जिल्लाको वनेपामा नवगठित कार्यसमितिको प्रमुख जिल्ला सल्लाहकारमा नेपाल सुधार भैल, सल्लाहकार श्री दामोदर थापासहित श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ कार्यसमितिका उपाध्यक्षमा कृष्ण विजय श्रेष्ठ र सुनिल विम्बा तामाङ, सचिव किरण मैनाली, सहसचिव हरि बञ्जारा, कोषाध्यक्ष वालकृष्ण देवाचार्य, सहकोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ तथा सदस्यहरुमा भीमसेन पौडेल, नवराज घिमिरे अमृता तिवारी, काशङ्ग तामाङ्ग रहेका छन् ।

नव गठित समितिको स्थानीय अन्य राष्ट्रवादी संस्था शाही शक्तिका हेमशंकर गिरी, बीर गोर्खालीका दिपक तिमिल्सिना लगायतका प्रतिनिधिहरुले शुभकामना दिनुका साथै अभियानमा जोडकोणका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । महिला विभागका नीरा रन्जित, उपत्यका समन्वय संयोजक डा.राकेश कृष्ण अमात्य, भक्तपुर प्रतिनिधि नारायणकृष्ण प्रजापति र उपत्यका युवा शक्ति संयोजक मनिष मानवले जोडदार प्रस्तुति राखे ।

Back to top button