षड्यन्त्रकारीको चाहनामा फेरी संसदको चीरहरण भयो : नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसदको चीरहरण भएको बताउनुभएको छ ।

बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी गर्दै उहाँले चुनावको घोषणालाई सर्वसत्तावाद लाद्ने उद्देश्यले जालझेल भएको उल्लेख गर्नुभएको छ ।

नेता नेपालले संसद विघटन गरेर चुनावको घोषण गर्नुलाई प्रतिगमन भाग – २ भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमका विरुद्ध डटेर प्रतिवाद गर्न आह्वान गर्नुभएको छ ।

Back to top button