माओवादीको केन्द्रीय कमिटी बैठकमा दाहालको प्रस्तावमाथि छलफल हुँदै

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदै छ । बैठक बिहान ११ बजे बस्ने एक नेताले बताउनुभएको हो ।

दाहालको प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरु ८ वटा समूहमा बाँडिनु भएको छ । समूहमा भएको छलफलपछि आएका सुझावहरुसहित प्रस्तावलाई अन्तिम रुप दिएर पारित गरिने छ ।

बैठकले पार्टीको राष्ट्रिय सम्मेलनको बारेमा समेत निर्णय लिनेछ । दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको हो ।

Back to top button