कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन सैद्धान्तिक सहमति

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन सैद्धान्तिक सहमति जुटेको छ । केन्द्रीय कार्यसमिति बैठकले बनाएको कार्यदलले क्रियाशील सदस्यता विवाद समाधान गर्ने सैद्धान्तिक सहमति जुटाएको हो ।

केन्द्रीय कमिटी बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी दिएको थियो ।

Back to top button