बुधबार बिहान निर्वाचन आयोग जानका लागि आजै बाट माधव नेपालसहितका सयजना नेताहरु चन्द्रागिरि रिसोर्ट बसे

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगनु भएको छ ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगनु भएको हो ।

नेता नेपाल आज रिसोर्टमै बस्नुहुने छ । रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको स्रोतले जानकारी दिएको छ।
नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुग्नु भएको हो । उहाँहरु बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ।

यसअघि माधव नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गर्नु भएको थियो । छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताउनु भयो । भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता गर्न भन्ने बताउनु भएको थियो ।

Back to top button