ओलिको माधव नेपाल समूह छाडेर आएकालाई स्वागत अष्टलाइ बधाई

काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिनु भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिनु भएको हो ।

पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’ भन्दै ओलीले शाक्यको प्रशंसा गर्नुभयो । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बन्नु भएको थियो । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी हनुभएको छ ।

ओलीले माधव नेपाल समूह छाडेर आउनु भएका सदस्यहरूलाई बैठकमा स्वागत गर्नु भयो । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी हुनु भएको थियो

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।

Back to top button