तीन जिल्ला सभापति र दुई युवा नेता रिले अनसनमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यहरूले ऐक्यवद्धता जनाएर पर्कनुभएको छ ।
सानेपामा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनसनमा बस्नुभएको हो । उहाँहरुलाई सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान बाट रञ्जित कर्ण र डिल्लीराम सुवेदीले साथ दिनुभएको छ ।

१४ औं महाधिवेशनको प्रक्रिया सुरू हुन लागेका बेला वरिष्ठ नेता पौडेलनिकट जिल्ला सभापतिहरूले धर्ना र रिले अनसन सुरू गर्नु भएको हो ।
उहाँहरुको माग क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने ,विधिअनुसार मात्रै क्रियाशील सदस्यता दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायतका मागरहेका छन ।

Back to top button