प्रदेशको नामाकरण नहुनुमा मेरो मात्रै दोस छैन : शेरधन राई

विराटनगर । झण्डै साढे ३ वर्ष प्रदेश १ सरकारको नेतृत्व गरेर बिदाई हुनु भएका निवर्तमान मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम राख्न नसक्नु आफनो मात्रै कमजोरी नरहेको बताउनु भएको छ । आज नवनियुक्त मुख्यमन्त्री आचार्यको पदभार ग्रहण कार्यक्रममा राईले प्रदेशको नामकरण गर्न नसक्दा नालायक भनिएको स्मरण गर्दै अब नवनियुक्त मुख्यमन्त्रीको काँधमा प्रदेशको नामकरण गर्ने जिम्मा आएको बताउनु भयो ।

माननीयज्यूको काँधमा प्रदेशको नामकरण गर्ने जिम्मा आएको छ, उहाँलाई म सहयोग गर्न तयार छु,’ राईले भन्नु भयो , ‘मैले एक्लै गरेर हुँदैन्थ्यो, दुईतिहाइ चान्हिन्थ्यो । समय प्रतिकूल हुँदा काम गर्न समस्या भयो । मैले गरेका काम जनताले देख्ने गरी गरेको छु ।’

नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेशका संरचनाहरू दीगो नभएका कारण काम गर्न समस्या हुने बताउनुभयो । ‘प्रदेशको विकास गर्न सबैको सहयोगको खाँचो छ,’ उहाँले भन्नु भयो ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदले सहयोग नगर्ने संकेत पाउनुभएका मुख्यमन्त्री आचार्यले सबैले सहयोग गरे मात्रै परिवर्तन गर्नसक्ने बताउनु भयो

एकीकृत समाजवादीमा खुलेका सांसदहरू मुख्यमन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहणमा सहभागी हुनुभएन ।

Back to top button