प्रधानमन्त्री देउवा र खनालबीच करिब ४० मिनेट कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज अपराह्न देउवा खनाल निवास डल्लु पुग्नु भएको थियो । भेटमा खनलाको स्वास्थ्यबारे चासो राखेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि डल्लुमा नै हुनुहनथ्यो । प्रधानमन्त्री र खनालबीच करिब ४० मिनेट कुराकानी भएको भट्टराईले जानकारी दिनुभयो ।

Back to top button