माधवकुमार नेपालको पक्षमा लागेकाहरु यताउता घुमफिर गरेर मूल घरमै फर्कने एमाले नेताहरुको भनाइ

विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेको नेकपा एमाले पुरानै अवस्थाको एमाले नरहेको बताउनु भएको छ । मोरङको सुन्दरहरैंचामा आज मोरङ जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले १० बुँदे सहमति कार्यदलले पार्टी केन्द्रलाई दिएको निर्णय नभएर सुझाव मात्र रहेकाले पार्टीले त्यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै एमाले सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टी भीत्रको अन्तरसंघर्षमा आफुले माधवकुमार नेपाललाई साथ दिएको भएपनि पार्टी विभाजनको पक्षमा लाग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले माधवकुमार नेपालको पक्षमा लागेकाहरु केहि समय पछि यताउता घुमफिर गरेर मूल घरमै फर्किने दावी समेत गर्नुभयो ।

यस्तै नेता लालबाबु पण्डितले माधवकुमार नेपाल लगायतका नेताहरुले पदका लागि पार्टी विभाजन गरेको दावी गर्नुभयो । भेलालाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले अब मंसिरमा हुने महाधिवेशको तयारीमा लागेकाले सोही अनुशार लाग्न कार्यकर्ताहरुलाई ििनर्देशन दिनुभयमे ।


भेलामा एमाले नेता गुरु बराल, डा. शिवमाया तुम्बाहाम्फे, जीवन घिमिरे लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम उर्लावारी रतुवामाई लगायतका क्षृत्र बाट विभिन्न पाटी परीत्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

Back to top button