बौंदीकाली गाउँपालिकाको मुख्य चुनौती बसाइँसराइ न्यूनीकरण
काठमाडौं । गाउ सभाको तयारीमा रहेको बौंदीकाली गाउपालिकाले बसाइसराई दर लाई न्युनिकरण गर्ने खालका कार्यक्रम तथा बजेटमा ध्यान दिने जनाएको छ । पालिका अध्यक्ष प्रकाश ओझाले गाउपालिकाको मुख्य चुनौतिका रुपमा रहेको बसाई सराई दर घटाउन पालिकाले नयाँ ढंगबाट सोच्ने अवस्था आएको बताए ।
‘हाम्रो आर्थिक सामाजिक, शैक्षिक, स्वास्थ्य तथा रोजगारीको समस्याले गाउँमा मान्छेहरु बस्न छाडेका छन’, उनले भने– ‘गाउपालिकामा बसाइसराईको दर डरलाग्दो छ । अघिल्लो जनगणनामा १५ हजार ७ सय ३४ जनसंख्या थियो भने १० वर्ष पछि गरिएको यो पछिल्लो जनगणना अनुसार ११ हजार ३ सय ३८ पुगेको छ । तसर्थ पालिकाले यो विषयलाई कसरी सम्बोधन गर्ने भनेर नयाँ सोच बनाउन जरुरी ठानेको छ ।’
बसाइसराई दरलाई न्युनिकरण गर्न पालिकाले यसको कारणहरु खोज्दै गर्दा मुख्य कारण गुणस्तरिय शिक्षा र रोजगार हो भन्ने पत्ता लागेको जनप्रतिनिधिहरुले बताए । यो समस्या समाधानका लागी पालिकाले गाउमै गुणस्तरिय शिक्षा र आर्थिक शसक्तिकरणका काममा लगानी गर्ने योजना बनाउनुपर्ने उनिहरुको भनाई छ । पालिकामा प्राप्त श्रोत साधनलाई उचित व्यवस्थापन गर्दै सामाजिक विकास र आर्थिक विकासलाई पालिकाले पहिलो प्राथमिकताका साथ अघि बढ्ने सोच बनाएको पालिका अध्यक्ष ओझाले देशको आवाजलाई बताए ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस