मूलपानी–काँडाघारी–चरिकोट हुँदै च्यामासम्म भदौ २ गतेदेखि इभी सञ्चालन हुने

सुनौलो अनलाइन
३१ साउन २०८३, आइतबार

काठमाडौँ । काठमाडौँको मूलपानी र काँडाघारी क्षेत्रबाट दोलखाको चरिकोट, तामाकोशी, भिरकोट, जफे, मालु र सहरे हुँदै हावा, च्यामासम्म नियमित विद्युतीय सवारी (इभी) सञ्चालनमा आउने भएको छ।

रोल्वालिङ यातायात सहकारी संस्थाले यही आउँदो भदौ २ गतेदेखि उक्त रुटमा इभी सेवा सञ्चालन गर्न लागेको हो।

​सहकारीका सचिव कुमार कार्कीका अनुसार काठमाडौँको पूर्वी क्षेत्र मूलपानी र काँडाघारी आसपास बसोबास गर्ने दोलखाली दाजुभाइ तथा सर्वसाधारण यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै यो सेवा सुरु गरिएको हो।

भदौ २ गतेदेखि मूलपानीबाट छुटेर काँडाघारी हुँदै चरिकोट, तामाकोशी, भिरकोट, जफे, मालु, सहरे र हावा हुँदै च्यामासम्म सिधा इभी सेवा सञ्चालन हुने कार्कीले बताए।

यसबाट मुख्य बसपार्कसम्म धाउनुपर्ने झन्झट हट्नुका साथै यात्रुहरूले आरामदायी र वातावरणमैत्री यात्राको अनुभूति गर्न पाउनेछन्। पछिल्लो समय रोल्वालिङ यातायात सहकारीले प्रदान गर्दै आएको सेवा यात्रुहरूका लागि निकै भरपर्दो र सुरक्षित बन्दै गएको छ।

नयाँ रुटमा पनि तोकिएकै मितिदेखि सर्वसाधारणलाई सहज र व्यवस्थित सेवा प्रदान गरिने उनले बताए।

यसै गरीसंस्थाले भदौ २ गतेदेखि नै काठमाडौँबाट दोलखाको प्रसिद्ध पर्यटकीय स्थल सैलुङसम्म पनि इभी सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।