खर्च कटौती र पारदर्शितामा जोड दिन मुख्यमन्त्री बानियाँको निर्देशन

सुनौलो अनलाइन
३० साउन २०८२, बिहिवार

काठमाडौ ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका मन्त्रालय र सरकारी निकायहरूमा हुने अनावश्यक खर्च तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

बुधबार प्रदेशका मन्त्रालयका सचिवहरूको बैठकमा मुख्यमन्त्री बानियाँले सार्वजनिक खर्च कटौती गर्दै आर्थिक सुशासन कायम गर्नुपर्नेमा जोड दिएका हुन् । उनले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाएर काम गर्न आग्रह गरे ।

मुख्यमन्त्री बानियाँले कामको गुणस्तर सुधारका लागि ‘काम नगरी तलब खाने’ प्रथा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन निर्देशन दिए । उनले सरकारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्न, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगरी एकताबद्ध भएर काम गर्न आह्वान पनि गरे ।


धेरै पढिएको