कुलिङ पिरियड प्रकरणबारे खतिवडा: मलाई २/३ सय मान्छेले घेरे, लछारपछार गरे

सुनौलो अनलाइन
३० साउन २०८२, बिहिवार

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाले आफूलाई लछारपछार गरिएको खुलासा गरेका छन्। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै खतिवडाले यस्तो बताएका हुन्।

‘१०/१२ दिन भइसक्यो, विधेयक जाँदैन जाँदैन। त्यसपछि मैले भनेँ- लु तयार पार्नुस् अब लानुपर्छ। मिटिङ राखौँ भने त्यहाँ सबै आएर घेर्ने, ४ गते कि ५ गते हो मेरो त्यहाँ समितिमा आएर २/३ सय जना मान्छे आएर लाछलुछ गरेर लोगो नै हरायो। पूरै लछारपछार नै गरियो। कोठामा, मिटिङ कोठामा त्यतिकै मान्छे, बाहिरपट्टि २/३ समय मान्छेले घेरेका छन्। मिटिङ गर्दाखेरि बाहिर पुलिस राखेका छौँ। छेउमा आएर फलानाले यो बोल्यो, यो के गर्ने भन्ने,’ उनले भने।