माओवादीले भन्यो- प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो

सुनौलो अनलाइन
३० साउन २०८२, बिहिवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो। सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रस्ट विधेयकमा देखिन्छ। हामीले तथ्य र प्रमाणको आधारमा संसद्मा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नुभयो। त्यसकाप्रति म खेद प्रकट गर्छु।’