नागढुंगा सुरुङमार्ग पार गर्दा कारदेखि भारी गाडीसम्मको दस्तुर तोकियो, कुन गाडीलाई कति ?
काठमाडौं आउन–जान नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा तिर्नुपर्ने दस्तुर दर सरकारले सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयअनुसार, काररभ्यानले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ, मिनिबसरमिनिट्रकले आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बसरट्रकका लागि आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस