प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग

सुनौलो अनलाइन
२१ असोज २०८२, मंगलबार

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुने भएको छ ।

आयोगका एक पदाधिकारीका अनुसार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीको टोली र प्रधानमन्त्री कार्कीबिचमा मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।


धेरै पढिएको