पुर्व प्रधानमन्त्री भट्टराईले ७ वर्षअघि नै त्यागेका थिए २९ जनाको सुरक्षा घेरा
काठमाडौ । सरकारले पाँच जना पूर्वप्रधानमन्त्रीहरूले कार्यविधि विपरीत राखेका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै उनीहरुको सुरक्षमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन्।
गृह मन्त्रालयले हाल पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा रहेका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाएको हो। तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ७ वर्षअघि नै आफूले पाएको कार्यविधि विपरीत सुरक्षा घेरा त्यागेर कार्यविधिअनुसार नै सुरक्षाकर्मी राखेको पाइएको छ।
डा. भट्टराईले २०७४ चैत २९ गते नै आफूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइएको २९ जनाको सुरक्षा टोलीलाई औपचारिक कार्यक्रम गरी बिदाइ गरेका थिए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस