नियमित महाधिवेशन मार्फत संगठनलाई पुनःनिर्माण गर्नु पर्छ : काङ्ग्रेस तामाकोसी

सुनौलो अनलाइन
२७ असोज २०८२, सोमबार

दोलखा, असोज २९ — नेपाली कांग्रेस तमाकोशी गाउँपालिकाको नियमित बैठकले देशभर बढ्दै गएको भ्रष्टाचार, अपारदर्शिता र पुरानो नेतृत्वप्रतिको अविश्वासले पार्टीमा असन्तुष्टि बढेको भन्दै नयाँ सोच र नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ।

बैठकले हालसम्म पटक–पटक सत्तामा रहेका राजनीतिक दलहरू प्रति आम नागरिकको दृष्टिकोण बदलिँदो देखिएको उल्लेख गर्दै कांग्रेसप्रति जनविश्वास पुनःस्थापना गर्न पार्टीभित्र पारदर्शी, जवाफदेही र जनमुखी संस्कार बलियो बनाउनु पर्नेमा जोड दिएको छ।

बिज्ञप्तिमा भनिएको छ, “नयाँ सोच र नेतृत्वलाई स्थान दिनुपर्ने आवश्यकता हामीले देखेका छौं। पार्टीको संगठन पुनर्गठन गरी जनतामा विश्वास कायम गर्न नेतृत्वले ठोस कदम चाल्नुपर्छ।”

नेपाली कांग्रेस तमाकोशी गाउँपालिकालाई लोकतान्त्रिक मूल्य र जनताको आस्थासँग सुदृढ बनाउँदै नियमित महाधिवेशन मार्फत संगठनलाई पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै, विज्ञप्तिमा २०७६ साल यताका विभिन्न सार्वजनिक पदमा रहेर कार्य गरेका व्यक्तिहरूको सम्पत्ति आचारण र निर्णयहरू छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्ने माग समेत गरिएको छ।


धेरै पढिएको