विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर

सुनौलो अनलाइन
२९ असोज २०८२, बुधबार

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो।

कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन्। उनले उक्त फाइल बुझेपछि ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन्।


धेरै पढिएको