दोलखामा पनि घरमै पुग्यो राहदानी: ५५ रुपैयाँमै नागरिकको हात-हातमा पासपोर्ट!
चरीकोट, दोलखा
दोलखाका नागरिकले अब आफ्नो राहदानी (पासपोर्ट) लिन सदरमुकाम चरीकोट धाइरहनु नपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयबाट जारी हुने राहदानीलाई सम्बन्धित स्थानीय तह र वडा कार्यालयमार्फत सुरक्षित रूपमा नागरिकको घरदैलोमै पुर्याउन स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएको छ।
यस व्यवस्थाले राहदानी लिनकै लागि दुर्गम गाउँदेखि सदरमुकामसम्म धाउनुपर्ने, लाइन बस्नुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने वर्षौँदेखिको बाध्यतालाई अन्त्य गरिदिएको छ।
भीमेश्वर नगरपालिकासँग पछिल्लो सम्झौता
राहदानी गाउँमै पुर्याउने अभियान अन्तर्गत पछिल्लो पटक वैशाख १६ गते भीमेश्वर नगरपालिकासँग औपचारिक सम्झौता भएको थियो।
सम्झौता भएसँगै नगरभित्रका विभिन्न वडाहरूमा राहदानी पठाउने कार्यको समेत थालनी भइसकेको छ। जसअनुसार प्रारम्भिक चरणमा भीमेश्वर नगरपालिकाको वडा नम्बर ९ मा दुई वटा, वडा नम्बर ८ मा दुई वटा, वडा नम्बर ७ मा दुई वटा र वडा नम्बर १ मा एक वटा राहदानी सुरक्षित रूपमा सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ।
यो सुरुवातसँगै नगरका अन्य वडामा पनि राहदानी पुर्याउने प्रक्रियाले तीब्रता पाएको छ।
मात्र ५५ रुपैयाँमा घरदैलोमै राहदानी
जिल्ला प्रशासन कार्यालयमा भीडभाड खेपेर पासपोर्ट लिन आउनुपर्ने झन्झट हटाउन जिल्ला हुलाक कार्यालयले यसको सम्पूर्ण जिम्मेवारी लिएको छ।
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायका अनुसार राहदानी सुरक्षित रूपमा घर वा नजिकैको वडा कार्यालयसम्म पुर्याएबापत नागरिकले मात्र ५५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
यो न्यून शुल्कमा राहदानी हात पर्ने भएपछि स्थानीयको समय र सदरमुकाम आउँदा-जाँदा हुने हजारौँ रुपैयाँ गाडीभाडा तथा होटल खर्च दुवै बचत भएको छ।
भिमेश्वर पछि तामाकोसी , बैत्यश्वर र विगु सहित तीनवटा गाउँपालिकाहरूमा पनि यो सेवा पूर्ण रूपमा लागू भइसकेको छ।
हालसम्म तामाकोशी गाउँपालिका, बैत्यश्वर गाउँपालिका र विगु गाउँपालिकासँग सम्झौता भद्को उहाँले बगाउनुभयो ।
जिल्लाका चारवटा स्थानीय तहका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयबाट राहदानी तयार भई आउने बित्तिकै हुलाकले सिधै गाउँघरमै पुर्याउने भएपछि दोलखाबासीले वास्तविक रूपमा गाउँमै सिंहदरबार आएको महसुस गर्दै खुसी व्यक्त गरेका छन्।
स्थानीयले राहदानी फर्म भर्ने बेलाम घरमा लिने कि सदरमुकाममा लिने भनेर सोधिने र यदि घरमा नै लिने ५५ रुपैयाँ शुल्क लिएर पासपोर्टको फर्म भरिने कार्यलयले जनाएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस