प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजरलगायतका समान किन्न १ करोड ४० लाख
काठमाडौ । सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ।
पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८३–८४ को लागि यो बजेट छुट्याएको हो।
जस अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर, प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपी मेसिन, गिजर, सि सि क्यामरा लगायतका सामान खरिदको लागि माग र आवश्यक्ता अनुसार १ करोड ४० लाख बजेट छुट्याईएको छ।
त्यस्तै प्रधानमन्त्री निवासको बाहिरी गेटमा भेइकल स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडान गर्न १ करोड बजेट छुट्याएको छ। प्रधानमन्त्री निवासको विभिन्न मर्मत कार्यको लागि अर्को ५० लाख बजेट छुट्याईएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस