नेपाली कांग्रेस देउवा समूहद्वारा दोलखामा सम्पर्क कार्यालय उद्घाटन

सुनौलो अनलाइन
१ असोज २०८३, बिहिवार

​दोलखा। नेपाली कांग्रेसभित्रको आन्तरिक सांगठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख उपस्थितिमा उक्त सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।

​कार्यालय उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य काफ्लेले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ र सशक्त बनाउन सम्पर्क कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले जिल्लाभित्रका कार्यकर्ताहरूलाई गोलबन्द गर्दै पार्टीका नीति र योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

​उद्घाटन कार्यक्रममा देउवा पक्षधर स्थानीय नेता तथा कार्यकर्ता हरूको उपस्थिति रहेको थियो।पछिल्लो समय दोलखा कांग्रेसभित्र गुटगत गतिविधि र संगठन विस्तारका प्रयासहरू तीव्र बनेका छन्।