युवा नेता धिरज सुवेदी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित
दोलखा । नेकपा (एमाले) दोलखाका युवा नेता एवं खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका कोषाध्यक्ष धिरज सुवेदी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महासङ्घको हालै सम्पन्न सातौँ महाधिवेशनबाट उनी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्।
सुवेदी लामो समयदेखि स्थानीय स्तरमा ग्रामीण विद्युतीकरण, सामुदायिक ऊर्जा व्यवस्थापन र सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएका छन्।
खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हालीसकेका सुवेदीको यस राष्ट्रिय तहको चयनले दोलखासहित समग्र बागमती प्रदेशको सामुदायिक ऊर्जा क्षेत्रको विकास र उपभोक्ताको हक-हित संरक्षणमा थप योगदान पुग्ने विश्वास लिइएको छ।
सुवेदीले देशैभरका सामुदायिक विद्युत उपभोक्ताहरूसँग जोडिएर संस्थागत सुधार, पहुँच वृद्धि र उपभोक्ताको अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस