दोलखा कांग्रेस (इतर पक्ष) को केन्द्रीय दौडधूप: सभापति देउवा र डा. शेखरलाई भेटे शीर्ष नेताहरूले
काठमाडौँ । नेपाली कांग्रेस दोलखाका इतर पक्षीय शीर्ष नेताहरूको टोलीले आज पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग भेटघाट गरेको छ।
जिल्लामा पार्टी कार्यालय स्थापना गर्नुका साथै संयोजक र सहसंयोजक तोकेर सांगठनिक गतिविधि अघि बढाएको इतर पक्षका नेताहरू अचानक राजधानी पुगेर शीर्ष नेतृत्वलाई भेटेका हुन्।
भेटमा केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, पूर्व जिल्ला सभापतिहरू ताराबहादुर कोइराला र रूद्रबहादुर खड्का, महाधिवेशन प्रतिनिधि कुमार अधिकारी तथा नेता महेश काफ्ले लगायतको सहभागिता रहेको थियो।
सस्थापनले १५ औँ महाधिवेशन लक्षित गतिविधि र क्षेत्रीय अधिवेशनका प्रक्रियाहरू तीव्र पारिरहेका बेला इतर पक्षका शीर्ष नेताहरू केन्द्रीय नेतृत्व भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
जिल्लामा छुट्टै कार्यालय स्थापना गरेर आफ्ना गतिविधि अघि बढाए पनि पार्टीको केन्द्रीय रणनीति र आगामी राजनीतिक कदमबारे छलफल गर्न उनीहरूले देउवा र डा. शेखर दुवैसँग संवाद गरेका हुन्।
भेटमा सहभागी एक सदस्यका अनुसार, जिल्लाको वर्तमान परिस्थिति र आगामी रणनीतिबारे केन्द्रीय नेतृत्वलाई जानकारी गराइएको छ।
यद्यपि, दुवै शीर्ष नेतासँग भएको भेटको मुख्य एजेन्डा र निष्कर्षबारे टोलीले औपचारिक रूपमा केही खुलाएको छैन।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस