व्यवसाय र राजनीतिलाई सँगसँगै जोड्दै कार्की: महाधिवेशन प्रतिनिधिमा बलियो उम्मेदवारी

सुनौलो अनलाइन
५ असोज २०८३, सोमबार

दोलखा — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दोलखामा साङ्गठनिक चहलपहल तीव्र बनेको छ।

अधिवेशनको चहलपहल बढेसगै धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।

पार्टीको केन्द्रीय नीति निर्माण तहमा दोलखाका समृद्धिका सम्भावना र कार्यकर्ताको भावनालाई सशक्त रूपमा प्रस्तुत गर्न सुदर्शन कार्कीले महाधिवेशन प्रतिनिधि पदमा आफ्नो बलियो उम्मेदवारी घोषणा गरेका छन ।

उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा सफल छवि बनाएका कार्कीले राजनीति र उद्यमशीलतालाई एकसाथ अघि बढाउँदै पार्टीलाई आर्थिक तथा साङ्गठनिक रूपमा सुदृढ बनाउने सङ्कल्पका साथ चुनावी अभियानलाई तीव्र पारेका छन ।

उद्यमशीलता र राजनीतिमा सफल यात्रा
​लामो समयदेखि उद्योग वाणिज्य सङ्घका जिल्ला तहका संरचनाहरूमा रहेर उद्योगी-व्यवसायीका हक-हितमा काम गरेका कार्कीले नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को केन्द्रीय सदस्यसम्म बनेर आफ्नो सबल नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन।

FNCCI को केन्द्रीय तहमा पुगेर राष्ट्रिय स्तरको अनुभव हासिल गरे तापनि कार्की निरन्तर जिल्लाकै माटोमा रहेर सक्रिय राजनीति र जनसेवामा समर्पित रहँदै आएका छन।

समृद्धि र साङ्गठनिक सुदृढीकरण मुख्य एजेण्डा
​राजनीतिलाई पद र प्रतिष्ठाभन्दा पनि सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको माध्यम मान्ने कार्की दोलखा कांग्रेसभित्र एक अध्ययनशील, निष्ठावान् र भरपर्दो नेताका रूपमा परिचित छन।

व्यवसाय र राजनीतिलाई सँगसँगै जोड्दै स्थानीयस्तरमा रोजगारी सिर्जना, उद्यमशीलताको विकास र पार्टीलाई वैचारिक रूपमा चुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

अमूल्य मतका लागि अपिल
​आगामी महाधिवेशनमा दोलखाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरूलाई  अमूल्य मतदान गरी भारी मतका साथ विजयी गराउन उम्मेदवार सुदर्शन कार्कीले अपिल गरेका छ्न।

कार्कीको विजयीले केन्द्रीय राजनीतिमा दोलखाको उपस्थिति अझ प्रभावकारी र मजबुत हुने विश्वास लिइएको छ।