तामाकोशी गाउँपालिकाद्वारा रसुवा बाढी-पहिरोका मृतक र बेपत्ता परिवारलाई १ लाख ५० हजार दिने

सुनौलो अनलाइन
४ असोज २०८३, आइतबार

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका तामाकोशीका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख ५० हजार रूपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

रसुवामा आएको भीषण बाढी-पहिरोमा परी तामाकोशीका स्थानीयहरूले ज्यान गुमाउनुका साथै हालसम्म तामाकोशी गाउँपालिकाका ४ जना नागरिक बेपत्ता रहेको पुष्टि भएको छ।

घटनामा अन्य नागरिकहरूको पनि पहिचान खुल्न बाँकी रहेको र पहिचान नभएका थप व्यक्तिहरू पनि हुन सक्ने सम्भावना कायमै रहेको छ।

विपत्तिको यस कठिन घडीमा आफ्ना पालिकावासी तथा पीडित परिवारको साथमा उभिँदै गाउँपालिकाले उक्त आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए।

हाल सरकारले बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ।

गाउँपालिकाले आफ्ना बेपत्ता नागरिकहरूको निरन्तर र प्रभावकारी रूपमा खोजी गर्नका साथैपहिचान नभएका अन्य व्यक्तिहरूको पनि शीघ्र पहिचान र खोजी कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको अधिकृत दर्जीले बताए।