अनेरास्ववियुको केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत
चरिकोट, दोलखा । विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्जमा मनोनीत भएका छन्।
दोलखामा विद्यार्थी सङ्गठनलाई चलायमान बनाउन र विद्यार्थी हक-हितका पक्षमा निरन्तर क्रियाशील रहँदै आएका केसीलाई केन्द्रीय कमिटीमा थप जिम्मेवारी दिइएको अनेरास्ववियु केन्द्रीय समितिले जनाएको छ।
जिल्ला अध्यक्षका रूपमा दोलखाका विभिन्न क्याम्पस तथा विद्यालयहरूमा सङ्गठन निर्माण र विद्यार्थी अधिकारका पक्षमा उनले खेलेको नेतृत्वदायी भूमिकाको मूल्याङ्कन गर्दै यो जिम्मेवारी प्रदान गरिएको हो।
केसी केन्द्रीय सदस्य र जिल्ला इन्चार्जमा मनोनीत भएसँगै दोलखाका विद्यार्थी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै केसीले प्राप्त जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निभाउने बताएका छन्। उनले दोलखासहित देशभरका विद्यार्थीहरूको शैक्षिक अधिकार, हक-हित र सङ्गठन विस्तारका लागि आफू अझ सशक्त रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस