कांग्रेस इतर पक्षको महाधिवेशन: कात्तिक १५ भित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने

सुनौलो अनलाइन
७ कार्तिक २०८३, शुक्रवार

काठमाडौँ ।  आगामी मंसीर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको नेपाली कांग्रेसको इतर पक्षले त्यसअघि संगठनका सबै तहका अधिवेशन प्रक्रिया पूरा गर्ने तयारी तीव्र पारेको छ।

यसैक्रममा कात्तिक १५ गतेभित्र देशका सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ।

​केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार असोज १५ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत हालसम्म उल्लेखनीय प्रगति भएको छ।

उहाँले दिएको जानकारी अनुसार हालसम्म ६ हजार १०७ वटा वडा र ४८० वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ।

​त्यसैगरी, देशका १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा २१ वटा जिल्लामा समेत अधिवेशनको काम सफलतापूर्वक सम्पन्न भइसकेको समितिले जनाएको छ।

बाँकी रहेका जिल्लाहरूको अधिवेशन पनि आगामी कात्तिक १५ गतेभित्रै सम्पन्न गरिसक्ने गरी तयारी भइरहेको संयोजक पोखरेलले बताएका छन्।