बुनपाकाे ५० प्रतिशत अनुदान

हात्तिगाैडामा दुग्ध संकलन तथा विक्री केन्द्र स्थापना

सुनौलो अनलाइन
३१ असार २०८१, शनिबार

काठमाडौं । बूढानीलकण्ठ गाईपालन समूहले दुग्ध संकलन तथा विक्री केन्द्र स्थापना गरेकाे छ । बूढा निलकण्ठ नगरपालिका र गाईपालन समुहकाे साझेदारी लगानीमा बुनपा ८ हात्तिगाैडामा संकलन तथा विक्री केन्द्र स्थापना गरिएकाे हाे ।

नगरपालिकाकाे ५ लाख अनुदान सहयाेग र समुहकाे ५ लाख गरि १० लाख लगानीमा खुलेकाे संकलन केन्द्रकाे बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले शुक्रबार संयुुक्त उद्घाटन गरे । विशेष साईत जुराएर ब्राम्हण पढाएर उत्घाटन गरिएकाे संकलन केन्द्रमा नगरपालिका भरीका पशुपालक कृषकले उत्पादन गरेका दूध र दुग्धजन्य पदार्थ संकलन गरिने बूढानीलकण्ठ गाईपालन समुहका सचिव डेकराज घिमिरेले बताए ।

याे समुहले कृषककाे उत्पादन कृषक मार्फत नै उपभोक्ता सम्म पुर्याउने काम गर्दै आएकाे उनले जानकारी दिए । आगामी दिनमा बूढानीलकण्ठ नगरपालिकालाई दुग्धजन्य पदार्थमा आत्म निर्भर बनाउने र वास्तविक कृषलाई आफ्नाे उत्पादकाे बजारीकरण समस्यालाई समाधान गर्ने गाईपालन समूहकाे लक्ष रहेकाे समुहका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

व्यवसायिक कृषक र कृषक समुहलाई नगरपालिकाले गरेकाे सहयाेगले दुग्धजन्य पदार्थ उपभेग गर्ने उपभोक्ताकाे मागलाई पूर्ति गर्नुका साथै स्थानीय स्तरमै राेजगारी सृजना हुने अपेक्षा राखेकाे मेयर मिठाराम अधिकारीले बताए ।

वास्तविक कृषककाे मनाेबल बढाउन र उत्पादन बृद्दीमा सहयाेग पुगाेस भनेर नगरपालिकाले समुहलाई ५० प्रतिशत लगानी सहयाेग गरेकाे उनकाे भनाई छ । यस समुहमा ५० भन्दा बढी दुधालु गाई रहेका छन् । समुहले दैनिक १ हजार लिटर दुध संकलन गर्ने लक्ष राखेकाे छ । समुहमा ३९ जना कृषक रहेकाे बताईएकाे छ ।


धेरै पढिएको