मनसुन अझै सक्रिय रहने : साउन २४ सम्म सतर्क रहन चेतावनी
काठमाडौं । सोमबार रातीबाट निरन्तर परेको मुसलधारे वर्षका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागले साउन २४ सम्म वर्ष नरोकीने र बाढी पहिरोको खतरा संकेत गर्दै सुरक्षीत रहन चेतावनी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा उत्तर तर्फ अवस्थित रहेको विभागले जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै साउन २३ र २४ गते सम्म मेघ गर्जन÷चट्याङ्ग सहित उच्च वर्षाको सम्भावना रहेको बताएको छ । वर्षका कारण हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सबैले आ–आफ्नो बसोबास क्षेत्र र हिडडूल गर्दा सचेतना अपनाउन भनेको छ । ‘वर्षाका कारण कोशीमा बढ्ने बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट दैनिक जनजीवन,कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनु पर्नेछ ’, जल तथा मौसम विज्ञान विभागका प्रवक्त शुनिल पोखरेलले बताए ।
सोमबार राती देखि परेको मुलधारे पानीले काठमाडौं उपत्यका र आसपासका नदीहरु आफ्नो सतह छाडेर सडक र बस्तीमा पसेका छन् । मंगलबार दिनभरी नै काठमाडौं, ललितपुर र भक्तपुरका नदिले सडक तथा बस्तीमा पसेर ठूलो पुर्याएको छ । नदि किनारका मानव बस्तीहरु पूर्ण डुवानमा परे भने सडक यातायात समेत राम्रोसँग सञ्चालन हुन सकेनन् । जल तथा मौसम विज्ञान विभागले साउन २४ सम्म वर्ष नरोकीने र बाढी पहिरोको खतरा संकेत गर्दै सुरक्षीत रहन चेतावनी दिएको छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस