प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। उनले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएका थिए। प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकूल मौसमका बाबजुद काम अघि बढेको बताए।
प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस