मुख्यमन्त्री किरण थापा दोलखा आउँदै, जिल्ला समन्वय समितिको समीक्षा गोष्ठी उद्घाटन गर्ने
दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा दोलखा आउने भएका छन्।
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा यही ६ र ७ गते चरिकोटमा हुन गइरहेको समिक्षा गोष्ठीको उद्घाटन गर्न मुख्यमन्त्री थापा दोलखा आउन लागेका हुन्।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीका अनुसार चरिकोटमा आयोजना हुने दुई दिने समीक्षा गोष्ठीमा जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्लास्थित सरकारी तथा सार्वजनिक कार्यालयका प्रमुखहरूको उपस्थिति रहनेछ।
गोष्ठीमा जिल्लाको विकास निर्माण, योजना कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिने जनाइएको छ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस