चम्पादेवी गाउँपालिकाका कृषकका लागि प्रत्येक वडामा बाेयर बाेका वितरण

सुनौलो अनलाइन
११ असार २०८१, आइतबार

ओखलढुंगा । चम्पादेवी गाउँपालिकाले कृषि तथा पशुपालन क्षत्रलाई प्राथमिकताका साथ कार्यक्रमहरु ल्याएकाे छ ।

साेही अनुसार गाउँपालिकाको कृषि विकास, खाद्य सुरक्षा, पोषण सहयोग र पशुपालन सुधार कार्यक्रम अन्तर्गत कृषकहरुलाइ उन्नत जातको(बोयर) बोकाहरु वितरण गरकाे हाे ।

आईतबार गाउँपालिकाका प्रत्येक वडामा २ वटाका दरले जम्मा १० वडामा २० वटा बोयर बोका वितरण गरिएकाे गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए । गाउँपालिकाले बाेयरलाई लाेकल बाख्रामा क्रस गराएर उन्नत जातका पाठापाठी उत्पादन गर्ने र पालिकालाई मासुमा आत्म निर्भर गराउने लक्ष राखेकाे बताएकाे छ ।

वडाका कृषक तथा कृषक समुहले उक्त बाेयरलाई विउकाे रुपमा प्रयाग गर्ने बताएका छन् । यसले व्यवसायिक पशुपालनमा कृषकहरुलाई सहयाेग पुग्नेछ ।