राजीनामा घोषणा गर्दै रामहरिले भने- म एउटा फिस्टोकै रूपमा भए पनि इतिहासमा नाम दर्ज गर्न चाहन्छु

सुनौलो अनलाइन
२८ साउन २०८२, मंगलबार

काठमाडौ । प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडका सम्बन्धमा भएको त्रुटिमा नैतिक जिम्मेवारी लिँदै खतिवडाले राजीनामा दिएका हुन्।

कांग्रेसकै सांसद जीवन परियार नेतृत्वको छानबिन विशेष समितिले समिति सभापतिका रूपमा खतिवडाले उत्तरदायीपूर्ण भूमिका निर्वाह नगरेको टिप्पणी गरेका थिए।

खतिवडाले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्दै ‘विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीहरूको चलखेल हुँदा अन्तिममा गहन अध्ययन हुनुपर्नेमा त्यसमा गहिरिएर ध्यान नपुगेको’ स्वीकार गरे।

‘विधेयकमा समिति सदस्यहरूको मनसाय विपरीत प्रावधान राखिएको हो कि भन्ने आशंकापूर्वक अध्ययन नगर्नु मेरो त्रुटि रह्यो,’ खतिवडाले भने, ‘राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधि सभाबाट पारित भइसकेपछि संसद्का पदाधिकारी र सांसदहरूले खुट्याउन नसक्दा ‘कुलिङ अफ पिरियड’ लाई निष्प्रभावी तुल्याउने प्रावधान रहन गयो। हामी माननीय सदस्यहरूले विधेयक राम्रोसँग अध्ययन गरेनौँ भन्ने सन्देश प्रवाह भएको छ।’

खतिवडाले छानबिन समितिले ‘जिम्मेवारीबोध’ शब्द प्रयोग गरेकोले समितिको सभापतिबाट ‘हाँसीहाँसी राजीनामा दिएको’ घोषणा गरे।


धेरै पढिएको