मुलुकमा स्थापित भएका महत्त्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न कांग्रेस दृढ छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थापित भएका महत्त्वपूर्ण परिवर्तनलाई संस्थागत एवं प्रभावकारी कार्यान्वयन गर्न कांग्रेस दृढ रहेको बताएका छन्।
शुक्रबार सानेपामा नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताएका हुन्।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस